जम्मु कश्मिर मामिलामा ओआइसीको आकस्मिक बैठक आज बस्दै, भारतलाई कठिनाइ थपिने

डिसी नेपाल
८ असार २०७७ १३:५३

काठमाडौं। इस्लामिक देशहरुको सहयोग संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआइसी)को सम्पर्क समूहको आकस्मिक भर्चुअल बैठक आज बस्ने भएको छ । बैठक जम्मु कश्मिरमा बिग्रँदो हाललका विषयमा केन्द्रित रहने बताइएको छ । पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानकै आह्वानमा यो बैठक बस्न लागेको हो ।

यो बैठक आयोजना हुनुलाई जम्मु कश्मिर मामिलामा भारतमाथि पाकिस्तानको रणनीतिक विजयको रुपमा लिइएको छ । यो संगठनमा युएइ र साउदी अरेबिया सबैभन्दा शक्तिशाली मानिन्छन् । यसअघि यी दुई देश संगठनकमा भारतको लागि रक्षकको रुपमा मानिन्थे ।

पाकिस्तानले यसअघि पनि पटक पटक यो विषय संगठनमा उठाउन चाहेको भए पनि यी दुई देशले नमानेपछि पाकिस्तान निराश हुनु परेको थियो । तर, अहिले साउदी अरेबिया र युएइसमेत जम्मु कश्मिर विषयमा छलफल गर्न अघि बढ्नुलाई भारतविरुद्ध पाकिस्तानको रणनीतिक विजयको रुपमा लिइएको छ ।

ओआइसीका महासचिव डा. युसुफ अल ओथाइमिनको अध्यक्षतामा हुने आजको बैठकमा पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले जम्मु कश्मिरको अवस्थाबारे ब्रिफिङ गर्नेछन् । बैठकमा ओआइसीको सम्पर्क समूहका सदस्य राष्ट्रहरु अजरबैजान, नाइजर, साउदी अरेबिया र टर्की सहभागी हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *