कोरोनाभाइरस टेस्ट किटमा ७ अर्ब घोटालाको आरोपमा जिम्बाब्वेका स्वास्थ्यमन्त्री पक्राउ

डिसी नेपाल
८ असार २०७७ १४:१९

हारारे। कोरोनाभाइरस टेस्ट किटमा अनियमितता गरेको अभियोगमा जिम्बाब्बेका स्वास्थ्यमन्त्री पक्राउ परेका छन् । स्वास्थ्य मन्त्री ओबादिआह मोयो माथि कोरोनाभाइरस टेस्ट किटसहित यसको उपचारमा प्रयोग हुने अन्य स्वास्थ्य उपकरण खरिदमा ६० मिलियन डलर (७ अर्ब ३२ करोड नेपाली रुपैयाँ) भ्रष्टाचार गरेको आरोप छ । यद्यपि शुक्रबार पक्राउ परेका उनलाई शनिबार अदालतले धरौटीमा छाड्न आदेश दिएको अल जजीराले जनाएको छ

ओबादिआहमाथि ड्रेक्स इन्टरनेशनल एलएलसी र ड्रेक्स कन्सल्ट एसएजीएल कम्पनीसँग गरिएको डीलमा भ्रष्टाचार गरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्म जेल सजाय हुन सक्छ । मन्त्रीले ती दुई कम्पनीसँग अवैध रुपले सम्झौता गरेको आरोप छ । यो मामिलामा गत हप्ता संयुक्त अरब इमिरेट्सको कम्पनी ड्रेक्स इन्टरनेशनलका एक स्थानीय प्रतिनिधिलाई पनि पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *