दक्षिण कोरियालाई ‘बदलासहितको सजाय’ दिन उसकै बाटो अपनाउँदै उत्तर कोरिया

डिसी नेपाल
८ असार २०७७ १४:५३

काठमाडौं। उत्तर कोरियाले दक्षिण कोरियालाई ‘बदलासहितको सजाय’ दिन उसकै तरिका अपनाउने भएको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियालाई ‘बदलासहितको सजाय’ दिनको लागि तयारीस्वरुप हजारौं बेलुन र दशौं लाखको संख्यामा पर्चाहरु तयार पारेको जनाएको छ । यसअघि दक्षिण कोरियामा रहेका डिफेक्टर समूहले उत्तर कोरियातर्फ उत्तर विरोधी पर्चा र बेलुनहरु उडाइरहेपछि उरले दक्षिणलाई कारवाही गर्ने धम्की दिँदै आएको थियो ।

दक्षिण कोरियामा रहेका डिफेक्टर समूहले किम जोङ उनले आणविक महत्वाकांक्षाको लागि आफ्नो देशमा मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै बेलुनसँग पर्चा उडाउने गरेका छन् । ‘दुश्मनविरुद्ध अहिलेसम्मकै ठूलो पर्चा वितरणको तयारी लगभग पूरा भइसकेको छ’ उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले भनेको छ ‘राजधानीमा रहेका प्रकाशक र छापाखानाले १२ मिलियन पर्चाहरु तयार गरेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *