सरकारी कार्यालयलाई काँगे्रस सभापतीको सहयोग

डिसी नेपाल
८ असार २०७७ १८:०७

मुगु। मुगु जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकार र वित्तीय संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ।

नेपाली काँगे्रस जिल्ला कार्य समिति मुगुका सभापती खड्कबहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तीय संस्था र पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्र्रीहरु हस्तान्तरण गरे।

कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा कोरोना भाइरस (कोभिड १९) नफैलियोस र सेवा प्रदायक कर्मचारीहरुले यो विषम परिस्थितिमा पनि ढुक्कसंग जनतामा सेवा प्रवाह गर्नु सकोस भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको पार्टी सभापती शाहीले बताए।

उनले जिल्लामा रहेका २१ वटा बैंक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए।

सभापती शाहीले लकडाउनका बेला काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७७६ सर्वसाधारण हरुलाई राहत सामाग्री वितरण गरेका थिए भने भारतबाट नेपाल आउँदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *