कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

डिसी नेपाल
९ असार २०७७ १२:५५
एजेन्सी ।  भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा ती आतंककारी मारिएको बताएका छन् ।
 
सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारबाही गरिरहेको बताइएको छ । मङगलबार भएको सो कारबाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ।
 
जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारीअनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ।
 
प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जानकारी दिएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *