नेपाली-अमेरिकी सामुदायिक केन्द्र (न्याक)काे प्रथम वार्षिक उत्सव सम्पन्न

डिसी नेपाल
१० असार २०७७ ११:१३

भर्जिनिया । नेपाली अमेरिकी सामुदायिक केन्द्र (न्याक)ले आफ्नो प्रथम वार्षिकोत्सवलाईआध्यात्मिक पूजाआरधाना र भर्चुअल वेविनार माध्यमबाट भब्य रुपमा मनाएको छ। न्याकको वार्षिकउत्सव मनाउन आइतबार बिहान मनासस बल्सफोर्ड रोडस्थित न्याकको नयाँ खरिद गरिएको भवनको प्राङ्गणमा पंडित र न्याकका अभियन्ताहरुले विधिपूर्व भगवान र देवीदेवताहरुको पूजा आरधना गरेका थिए।

सो पूजा अर्चनामा न्याकको उन्नति, प्रगति, यसकासदस्यहरुको सुस्वास्थ्य, समुन्नति, समुदायमा बृहत्तर एकता रहोस साथै यो महामारीमा समाज रसंसारले कुनै क्षति विना छिटो मुक्ति पाओस भन्ने कामना गर्दै गुरूहरुले मन्त्र उच्चारण गरेका थिए।

यस्तै, आइतबार बेलुका कोभिड १९ महामारीको कारण भर्चुअल माध्यमबाट गरिएको प्रथम बार्षिकोत्सव सभामा न्याकका प्वाइन्ट अफ कन्ट्याक्ट प्रस्तुतकर्ताहरुले सामुदायिक केन्द्रले अहिलेसम्म गरेका भवन खरीद लगायतका प्रगतिहरु, मनाससमा खरिद गरिएको सामुदायिक भवनको जिर्णोद्धारको प्रगति विवरण, संस्थाको हालसम्मको आर्थिक विवरण, न्याकमा बालसदस्यहरुको विस्तार, भावि आर्थिक योजनाहरु साथै कोभिड–१९ को सन्दर्भमा स्थानीयसमुदायलाई सहयोग पुर्याउन भइरहेका गतिविधिहरुका बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए ।

छोटो समयमा पनि उल्लेख्य आर्थिक संकलन गरी सामुदायिक भवन खरीद गर्न सक्षम भएकोमासप्ताह महापुराण संचालक, दाता एवं स्वयंसेवकहरु सवैको उच्च प्रशंसा गरिएको थियो।

साथै प्रस्तुतकर्ताहरुले वेविनार सभामा न्याकले अन्य संघ संस्थाहरुसंग गरेको सहकार्य, वेवसाइटनिर्माण र जुनियर बालबालिकाको सदस्यता, एसिएच माध्यमबाट चन्दा भुक्तानी गर्ने ब्यवस्था, नयॉ चन्दा संकलनको अवस्था र विस्तृत आर्थिक विवरण प्रस्तुत गरिएको थियो।

अहिले न्याकको बैक खातामा १ लाख ४४ हजार मौजिदात रहेको, मनाससको भवन खरिदमा १७लाख ५ हजार खर्च भएको, चन्दादाताले बोलेको मध्य ६ लाख २९ हजार उठ्न बॉकी रहेको रमरम्मत सम्भारको लागि विभिन्न फेजमा ७ लाख देखि १५ लाखसम्म लाग्न सक्ने हिसाव किताव रअनुमानित आंकडा पनि सार्वजनिक भरिएको थियो। न्याक भवन मरम्मतको लागि दुई विकल्पप्रस्तुत गर्दै उपयुक्त विकल्पको निधो भएपछि मात्रै यकिन खर्च अनुमान गर्न सकिने जानकारी गराइयो।

डिसी मेट्रो एरियाको नेपाली समुदायले आफ्नै मन्दिरसहितको सामुदायिक केन्द्र निर्माण गर्ने अभिलाषा राखेको दशकौँ बितिसकेको अवस्थामा न्याकको सक्रियताले डिसी महानगरमा हाम्रोआफ्नै सामुदायिक भवन र जग्गा किन्न सफल भएको र अब मरम्मत संभारका महरूभैरहेको र समुदायका सबै सदस्य ज्युहरूको सद्भाव, सहयोग र उत्साह अनुसार मर्मत सम्हार छिट्टै सम्पन्न हुने र दोस्रो वार्षिकोत्सव धुमधामका साथ आफ्नै भवन परिसरमा मनाउन सकिने सहभागीहरुले बताए ।

यसैक्रममा समुदायका सदस्यहरूलाई कोभिड १९ महामारी परेको बेला स्वास्थ्य सेवा र स्वास्थ्यसल्लाह, सचेतना जागरण, तनाव मुक्ति, नेपाली जुम्मा नांच, मेडिटेसन र आर्थिक असर कम गर्नसरकारी क्षेत्रबाट प्राप्त सहयोगमा समुदायका सदस्यहरूको पहुंच पुर्याउने जस्ता काम गरीन्याकका स्वयंसेवकहरूले जनसमुदायलाई मद्दत गरेको कुराको सर्वत्र प्रशंसा भएको जानकारी गराई्यो ।

कोभिडको समयमा न्याकले ३ वटा हटलाईन खोलेर समुदायमा मेडिकल मद्दत, मनोवैज्ञानिक मद्दतर सामाजिक(आर्थिक मद्दत गरेको र समुदायका २८ जनालाई प्रत्यक्ष र अरु धेरैलाई अप्रत्यक्षरुपमा सहयोग पुर्याएको जानकारी पनि प्रस्तुतकर्ताले जानकारी दिए । हाल न्याकमा १५० जना जुनियर सदस्यहरु रहेको, ५०० एडलरसम्म रकम १८ बर्ष नपुग्दै बुझाएमाजुनियर लाइफ मेम्बर बन्न सकिने भएकोले समुदायका सवै अभिभावकहरुलाई आफ्नाबालबालिकालाई जुनियर सदस्य बन्नाउन प्रोत्साहन दिन अनुरोध पनि वेविनारमा गरियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *