चीनको महत्वाकांक्षी आधुनिक रेशम मार्ग परियोजना आफ्नो अन्त्यतर्फ अगाडि बढेको हो?

डिसी नेपाल
१० असार २०७७ १७:३०

मारिया एलीना नवास
बेइजिंग (बीबीसी)। एशियादेखि यूरोप हुँदै अफ्रिकालाई जोड्ने चीनको महत्वाकांक्षी योजना वन बेल्ट वन रोड जसलाई आधुनिक रेशम मार्गसमेत भनिन्छ, त्यो कोरोना भाइरस महामारीको संकटमा फसेको छ।

२०१३ मा चीनका राष्ट्रपति शी जिनपिंगले यो यो परियोजना शुरु गरेका थिए। यस परियोजना अन्तर्गत पूर्वी एशियादेखि यूरोप, अफ्रिका र ल्याटिन अमेरिकामा विकास र लगानीका ठूला परियोजनाहरुको एक श्रृंखला बनाइने छ। चीनका लागि अन्तर्राष्ट्रिय सयोग र अर्थव्यवस्थाको मोर्चामा राष्ट्रपति शीको याो प्रमुख रणनीति हो।

तर आलोचकहरुको विचार भने यसभन्दा फरक छ। उनीहरुलाई चीनले ऋण दिने कुटनीतिको प्रयोग गरेर संसारभरका देशमा आफ्नो प्रभाव बढाउन थालेको विश्जास लाग्छ। तर परियोजनाको उद्दे्र्रश्य उत्पादन, पूँजी र प्रविधिको वैश्विक प्रवाहका माध्यमबाट आर्थिक विकासलाई तिब्र पार्नु थियो, अचानक कोरोना महामारीका कारण रोकिएको छ।

चीनबाट ठूलो रकम ऋण लिने धेरै देशहरु हाल कयौं समस्यामा छन्। यी मध्ये केही देशले चीनलाई ऋण तिर्न नसक्ने बताएका छन्। के राष्ट्रपति शीको यो महत्वाकांक्षी परियोजना आधुनिक रेशम मार्गको अन्त हो? वा फेरि कोरोना महामारीमात्र एक बाधा हो जसले वैश्विक अर्थव्यवस्थाका साथै चीन पनि सफल हुनेछ।

२०१३ मा वन बेल्ट वन रोड परियोजनाको शुरुआतपछि चीनले अफ्रिका, दक्षिण पूर्वी र मध्य एशिया, यूरोप र ल्याटिन अमेरिकाका १३८ देशरुमा पवार प्लान्ट, ग्यास पाइपलाइन्स, बन्दरगाह, विमानस्थल र रेलवे बनाउने नाममा सयौं करोड डलर ऋण सहयोग वा सहयोगको रुपमा दिएको छ, वा दिने प्रतिवद्धता गरेको छ। तर चीनले हालसम्म यस परियोजनाको कुल खर्चबारे कहिल्यैपनि पूरा जानकारी सार्वजनिक गरेको छैन।

तर अमेरिकी कन्सल्टेन्सी फर्म आरडब्ल्यूआर एडभाइजरका अनुसार चीनले वन बेल्ट वन रोड परियोजनामा सहभागी देशहरुलाई ४६१ अर्ब डलर ऋण दिइसकेको छ। ती मध्ये धेरै अफ्रिकी देश छन्। र उनीहरुलाई निकै जोखिमपूर्ण ऋणका रुपमा हेरिन्छ।

बीबीसीको चिनियाँ सेवाका सम्पादक होवार्ड झांगले शुरुदेखि नै यो परियोजनाको विरोधमा चीनमा चौतर्फी आलोचना भइरहेको बताए। खासमा चीनको सत्तारुढ नेतृत्वमा यस परियोजनाबारे एक मत नभएको उनी बताउँछन्। धेरै मानिसले शीको रणनीतिक समझदारीमा प्रश्न उठाएको र यो परियाोजनामा हुने खर्च गैरजरुरी भएकोसमेत केहीले बताएको उनले जानकारी दिए।

पश्चिमी देशहरु, खास गरेर अमेरिकाले पनि यो परियोजनाको आलोचना गर्दै ऋण दिने दिने आफ्नो आक्रामक रणनीति कमजोर देशमा प्रयोग गरेको बताउँदै आएको छ।

तर, सिक्काका दुई पाटा हुन्छन्। यूनिभर्सिटी अफ लन्डनका एसओएएस चाइना इंस्टीट्यूटका रिसर्चर लोरेन जोस्टनले आधुनिक रेशम मार्ग धेरैजसो सम्झौतामा दुबै पक्षको फाइदा भएको बताइन्।

उनी भन्छिन्, ती सरकारहरु जसलाई आफ्ना युवाहरुको विकासका लागि या त नयाँ परियोजनाको आवश्यकता थिया यात फेरि यसका लागि पैसा चाहिएको थियो, जे भए पनि चीनको ऋण लिने मूल्यमा किन नहोस। यससँग जोडिए, यससँग जोडिएपछि हुने फाइदाको काँटा ऋणको जोखिमतर्फ झुकेन। किनकी गरिब देश अरु के गरेर आफ्नो गरिबीबाट मुक्ति पाउँथे?

हाल कोरोना भाइरसको महामारीका कारण पाकिस्तान, किर्गिस्तान, श्रीलंकासमेत केही अफ्रिकी देशहरुले यो वर्ष चीनलाई ऋण चुक्ता गर्न नसक्ने बताएको रिपोर्ट आएको छ। उनीहरुले ऋणको शर्तमा परिवर्तन, ऋण तिर्नका लागि म्याद वा ऋण माफीको माग गरेका छन्। यो अवस्थामा चीन धर्मसंकटमा परेको छ। यदि ऋणको शर्तमा परिवर्तन वा ऋण माफ गर्ने हो भने उसको अर्थव्यवस्थामा प्रतिकुल असर पर्नेछ। चिनियाँ जनतामा पनि नकरात्मक सन्देश जाने छ। अर्कोतर्फ ऋण चुक्ता गर्न दबाब दिने हो भने अन्तर्राष्ट्रिय समूदायले आलोचना गर्ने छन्।

यसै अप्रिलमा जी २० देशहरुको समहूले ७३ देशहरुलाई ऋण तिर्ने म्याद २०२०को अन्तसम्म दिने निर्णय गरेका थिए चीन पनि जी २० को एक सदस्य हो।

तर ऋण चुक्ताका लागि दिइएको बाँकी ७ महिनाको समय सकियो भने के हुन्छ? के लोन डिफल्ट यस्तो अवस्था बनेको छ, जसलाई टार्न सकिँदैन। लोरेन जोस्टनले कुन देशको आर्थिक स्थिति कस्तो छ भन्ने थाहा नभएको भन्दै ऋण चुक्ता गर्न सजिलो भने नभएको बताइन्। बाँकी ७ महिनामा ऋण चुक्ता हुने सम्भावना कम रहेको उनले बताइन। उनले चीनले ऋण माफ भने नगर्ने बताइन्। उनले दान दिनु चिनियाँ संस्कृति नभएको टिप्पणी गरिन्।

तर चिनियाँ सरकारका एकजना सल्लाहाकारले फाइनेन्शियल टाइम्ससँग कुरा गर्दै व्याज मिनाह गर्ने विकल्पमा छलफल चलिरहेको बताएका छन्। उनले ऋण माफी अन्तिम विकल्प हुने बताएका छन्।

यस परियोजना अन्तर्गत दिइन ऋणको शर्तको पारदिर्शतामा कमी र वास्तिाविक फाइदालाई लिएर चीनको सँधै आलोचना हुँदै आएके छ। यसैकारण २०१९ मा शी जिनपिंगले नयाँ रुपरेखाका साथ आधुनिक रेशम मार्ग प्रोजेक्टकाो घोषणा गरे। जसमा उनले पारदर्शिता हुने बताए र परियोजना सम्झौता अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने बताए।

कोरोना महामारीका कारण यी मध्ये केही परियोजना रोकिएका छन्। केही देशहरुमा लकडाउन लागु छ। आगामी दिनमा परियोजना तत्कालन हुने सम्भावना कम छ। किनकी संसारभर आर्थिक संकट आएको छ। तर, आधुनिक रेशम मार्ग परियोजना आफ्नो अन्ततर्फ धकेलिएको भने होइन। बीबीसीको चीन सेवाका सम्पादक होवार्ड चांगले महामारीका कारण चीनले सफल परियोजनामा ध्यान केन्द्रित गर्ने र केही रणनीति परिवर्तन गर्न सक्ने बताए। यसअघि पनि चीनले केही परियोजनाबाट हात तानेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *