कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि दुरव्यवहार

डिसी नेपाल
११ असार २०७७ ९:१९

नुवाकोट। जिल्लाको तार्केश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गर्न पुगेका संचारकर्मीलाई कांग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेका छन्।

बुधबार भएको गाउँसभामा कांग्रेसले अवरोध गरेको थियो। कांग्रेसले गाउँसभा अवरोध गरेको समाचार संलकन गरिरहेका टिभी त्रिशुलीका पत्रकार सुजित भवण्डारीलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका हुन्।

तार्केश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले गाउँसभा अवरोध गर्ने क्रममा कांग्रेस कार्यकर्ताले पत्रकारलाई कुटपित गर्नुका साथै केही सवारी साधनमा तोडफोड समेत गरेका छन्।

गाउँसभाको समाचार संकलन गर्न बोलाइएका पत्रकारमाथि कुटपिट र पत्रकारले प्रयोग गर्ने सवारी साधन र क्यामरालगायतका उपकरणमा क्षति पुर्याउनु अनुचित भएको गाउँपालिका अध्यक्ष वस्तीले बताए।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालका अनुसार तार्केश्वर गाउँपालिका २,३ र ६ का वडा अध्यक्षले पत्रकार भण्डारी माथि हातपात गरेका हुन्। उनले भने’ ‘गाउँपालिकाका वडा नम्बर १,३ र ६ का अध्यक्षले पत्रकार भण्डारीमाथि कुटपिट गर्नुका साथै क्वामरा फुटाएका हुन्, उहाँहरु तीनै जना नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *