कैलाली क्वारेन्टिन घटना : प्रहरी भन्छ अनुसन्धान भइरहेको छ
सांकेतिक तस्वीर।
काठमाडौं। कैलालीको क्वारेन्टिनमा बलात्कार घटनाको अनुुुसन्धान जारी रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले डिसी नेपालसँग कुरा गर्दै ३ जनालाई हिरासतमा लिएर अनुसन्धान जारी रहेको बताए।
गत जेष्ठ ३१ गते राति कैलालीको लम्कि स्थित एक क्वारन्टिनमा महिला माथि सामूहिक बलात्कार भएको थियो। उनले भने, पीडितको किटानी जाहेरीका आधारमा ३ जनालाई पक्राउ गरिएको छ। अदालतबाट पहिलो पटक ७ दिन र दोस्रो पटक १० दिनको म्याद थपको अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको छ।
घटना अनुसन्धानकै क्रममा भएका कारण केही भन्न सक्ने अवस्था छैन्। उनले भने, हामी २५ दिनपछि अभियुक्तलाई अदालतमा उपस्थित गराउँछौं। त्यसपछि विस्तृत कुरा आउनसक्छ।
जेठ ३१ गते क्वारेन्टिनमा रहेकी महिलामाथि ३ जनाले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment