नेपालमा बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१६ असार २०७७ ६:३३

काठमाडौँ । मंगलबार बिहानै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमण संक्रमण पुष्टि हुनेहरुमा गण्डकी प्रदेशका ४ जिल्ला कास्कीमा ८, तनहुँका ५, स्याङ्जामा १ र लमजुङ्गमा ३ जना रहेका छन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ ।

साथै, गण्डकी प्रदेशमा कोरोना संक्रमित २१४ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *