मध्य रातमा घनश्याम भुसालको पोस्ट, महाभुमरीमा हेलिन लाग्यो जहाज

डिसी नेपाल
१७ असार २०७७ १:१४

काठमाडौं। सत्तारुढ दल नेकपामा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि राजनीतिक माहोल एकाएक तातिएको छ। मंगलबार नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाललगायतका १७ जना नेताहरुले ओलीको राजीनामा मागेका थिए।

नेकपामा विभाजन नै आउने भन्दै टिप्पणी भइरहेकाबेला पार्टी स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले मध्य राती सामाजिक सञ्जालमा पार्टी महाभुमरीमा हेलिन लागेको भन्दै चिन्ता प्रकट गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनुपर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *