दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ

डिसी नेपाल
१७ असार २०७७ २१:५०

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

एशिया दलित अधिकार फोरमद्वारा बुधबार आयोजित ‘भर्चुअल’ बैठकमा उनले भने, “कोरोना भाइरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीको व्यवस्थापन गर्ने काममा विभेद् नहोस् भन्नेमा सरकार सचेत रहेको छ ।” “कहिँकतै त्यस्तो विभेद् गरेको प्रमाणित भए तत्काल खबर गर्नुहोला, सरकारले कडा कारवाही गर्नेछ”, उनले भने।

मन्त्री गुरुङले दलितमुक्ति आन्दोलनलाई सफल बनाउन सामाजिक अभियान नै सञ्चालन गर्नुपर्ने भन्दै दलितलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाएको जानकारी दिए। दलितहरुलाई विभेद् हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाइरसबाट पीडित राहत वितरणमा समेत दलितमाथि विभेद् हुने गरेको गुनासो गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *