उपत्यकामा ३२ जनामा कोरोना पुष्टि काठमाडौंमा मात्र २८ जना
काठमाडौं । काठमाडौं जिल्लामा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र १७ जना महिला र ११ जना पुरुष गरी २८ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्ला गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा २८ जना काठमाडौं २ जना ललितपुर र २ जना भक्तपुरमा कोरोनाका संक्रमितहरु भेटिएका हुन्।
नेपालभर कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ।
हालसम्म कोरोनाबाट संक्रमण मुक्त हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ। यस्तै ३१ जनाले कोरोनाका कारण ज्यान समेत गुमाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment