४९ दिने शिशुको कोरोनाका कारण मृत्यु
काठमाडौं । काठमाडौंमा ४९ दिने शिशुको कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४९ दिने शिशुको कोरोनाका कारण मृत्यु भएको हो।
लामो समयदेखि स्वास प्रश्वासमा समस्या देखिएका उनको केहीदिन पहिलामात्र कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बालक म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाका हुन्।
हाल उनका बाबु आमा र फुपुको स्वाब संकलन गरी परीक्षणको काम भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment