शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान निगमले चार्टर्ड उडान गर्ने
राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ ।
नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए।
निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।
निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताए ।
निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment