नारायणकाजी भन्छन् : आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतानौं

डिसी नेपाल
२० असार २०७७ २२:३९
4
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ आफ्ना मन्त्रिमण्डलका सदस्यहरुलाई बालुवाटारमा बोलाएर नेकपाकै नेताहरुबाट आफू र राष्ट्रपति विद्यदेवी भण्डारीविरुद्ध षडयन्त्र भएको बताए।

उनले राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग ल्याउने तयारी भएपछि संसद अधिवेशन अन्त्य गरेको मन्त्रीहरुसँग बताएपछि नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले त्यसको खण्डन गरेका छन्। श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्नसमेत सुझाएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ(आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपति ज्यु स्वयंको पनि ध्यान जाने नै छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *