भाडामा बस्ने नागरिकलाई घर भाडाको चिन्ता

डिसी नेपाल
२१ असार २०७७ १४:३३

काठमाडौं। बढ्दो लकडाउनका कारण व्यापार, व्यासाय र कतिपयले रोजगारीसमेत गुमाएपछि काठमाडौंमा डेरामा बस्ने नागरिकलाई घरभाडा कसरी तिर्ने भन्ने चिन्ता बढेको छ। लकडाउनका कारण आम्दानी ठप्प हुँदा नागरिकलाई घरभाडा तिर्ने चिन्ता बढेको हो।

लकडाउन सुरु हुँदा गाउँ घरमा फर्किएका सर्वसाधारण लकडाउन खुकुलो भएसँगै काठमाडौं भित्रिन थालेका छन्। लामो समय जसोतसो गुजारा चलाइरहेका नागरिक घरवालाले लकडाउन अवधी भरिको घरभाडा एकमुष्ट मागेकाले कसरी तिर्ने भनी चिन्ता बढेको बताउँछन्।

लकडाउनको सुरुका दिनमा घर फर्किएर भर्खरै काठमाडौ भित्रीएका सामाखुसी बस्ने प्रदिप ओझा भन्छन्, ‘गाउँबाट फर्किएको केही दिनमात्रै भएको छ। आउने बित्तिकै घरबेटी आन्टीले सन्चो बिसन्चो नसोधी बाबू रूम भाडा दिनु भन्नु भयो। यस्तो बेलामा कहाँबाट ल्याएर भाडाा दिने हो तनाव बढेको छ।’

केही समय लगाएर घरभाडा चुक्ता गरौंला भन्न पनि नपाइ एकै पटक घरभाडा मागेपछि समस्यामा परिएको नुवाकोट घर भइ हाल सानेपा बस्दै आएका रामहरि अधिकारी भन्छन्, ‘मेरो परिवारमा चार छौं। काम छैन हामी ज्याला मजदुर गरेरै त खाने हो। घरभाडा कसरी तिर्नु लामो समय भयो त्यही पनि घर हुनेले बुझ्दैनन्।’

उनले अगाडि भने, ‘अहिलेलाई अलिअलि लिँदै गर्नुस पछि काम खुलेपछि दिउँला भन्दा पनि पनि घरबेटी मान्नु भएन। अब कहाँबाट ल्याएर दिने हो समस्या छ।’
अनामनगर बस्दै आएका १२ मा अध्ययानरत एक विद्यार्थी भन्छन्, ‘कसरी तिर्ने पढ्न बसेको घरको आर्थिक स्थिति पनि राम्रो छैन। घर जान पनि पाइएन खान त के खाउँ भएको अवस्थामा कोठा भाडा दिने होइन भनिरहनु हुन्छ। भएको सानोतिनो जागिर पनि बन्द छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *