उपत्यकामा थप ३० जना कोरोना संक्रमित

डिसी नेपाल
२१ असार २०७७ १६:२९

काठमाडौ । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा  गरी ३० जना थप कोरोनाका संक्रमित देखिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २७ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालका ७६ जिल्लामा गरी हालसम्म कोरोना पुष्टि हुनेको संख्या १५ हजार ७ सय ८४ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *