पृथ्वीनारायणको शालिक अनावरण

डिसी नेपाल
२१ असार २०७७ १७:३३

भीमदत्तनगर । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गरेका हुन् ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताए ।

कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, उपप्रमुख सुशीला सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सैनिक अधिकृत तथा समाजसेवीको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *