पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु
डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु भएको हो ।
गएरातिदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरामा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरामा परी भक्त घाइते भएका र उन्को स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ । बाढीले गरेको क्षतिको विवरण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment