काँग्रेसले कसैलाई हरियो झण्डा देखाएको छैन : प्रवक्ता
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादमा निरपेक्ष रहेको जनाएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै नेकपा भित्रको विवादमा काँग्रेसले कुनै पनि पक्षलाई सहयोग गर्ने बचन नदिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि प्रधानमन्त्रीले काँग्रेसँग सहयोग मागेको चर्चा भइरहेका बेला प्रवक्ता शर्माको यस्तो जानकारी आएको हो।
शर्माले लेखेका छन्, ‘नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसंग पुर्णतः निरपेक्ष छ। कसैलाई कुनै भ्रम नरहोस् – कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन। मुलत पार्टी महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठक भोलि २२ असार अपरान्ह २.०० बजे पुन बस्नेछ। जय नेपाल।’
नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसंग पुर्णतः निरपेक्ष छ l कसैलाई कुनै भ्रम नरहोस् – कांग्रेसले कसैलाईपनि हरियो झण्डा देखाएको छैन !
मुलत पार्टी महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठक भोलि २२ असार अपरान्ह २.०० बजे पुन बस्नेछ l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2020
No ads found for this position


डिसी नेपाल
Facebook Comment