उपत्यकामा बढ्दो कोरोना कहर, २४ घण्टामा ५४ जना संक्रमित थपिए

डिसी नेपाल
२२ असार २०७७ १६:४८

काठमाडौं। उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ५४ जना कोरोनाका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २४, भक्तपुरमा १० र ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको छ।

उनका अनुसार देशभर थप १ सय ८० जनामा कोरोना पुष्टि भएको छ। गौतमले गत २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। योसँगै कोरोना संक्रमित हुनेको संख्या १५ हजार ९ सय ६४ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *