कोरोना संक्रमण मुक्त भएर घर फर्कीने ४२ प्रतिशत बढी

डिसी नेपाल
२२ असार २०७७ १९:०७

काठमाडौं । नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव ७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ८ सय ११ पुगेको बताए। कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ। आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।

प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ ।

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेशनमा रहेको उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा २३ प्रयोगशालामा चार हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए। क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ।

मन्त्रालयको दुई कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर गु्रप प्रयोगकर्ता तीन लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *