प्रधानमन्त्री ओली पक्षधरको जुलुस प्रचण्ड पक्षधरको आक्रमण

डिसी नेपाल
२२ असार २०७७ २३:१०

कैलाली। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई गुटबीच कैलालीको लम्कीमा झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमबार दिउँसो निकालिएको स्वतन्त्र नागरिकको जुलुसमाथि अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालका पक्षधरले आक्रमण गरेको बताएको छ।

कैलालीको लम्की क्षेत्र प्रतिनिधि सभाका सांसद झपड रावलको निर्वाचन क्षेत्र भएको र सांसद रावल नेकपाका वरिष्ठ नेता नेपाल पक्षधर भएका कारण प्रधानमन्त्रीको समर्थनमा निकालिएको जुलुस माथि हमला गरेको स्थानीय एक विद्यार्थी नेताले डिसी नेपालसँग बताए।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कार्यक्रममा बोल्ने वक्ताले नेकपाका अर्का अध्यक्ष प्रचण्डले गर्नु भएको केही कुरा आफुलाई थाहा भएको बताउँदै गर्दा भिडबाट केही व्यक्तिहरु प्रचण्डको नामै तोकेर किन बोलेको माइका बन्द गर भन्दै माइक खोस्न गएको देखिन्छ। र, अर्को पक्षले बचाउ गर्न खोज्दा झडपको अवस्था देखिन्छ। प्रहरीले तत्काल दुबै पक्षबीचमा पसेपछि अप्रिय घटना हुन नसकेको अनुमान गर्न सकिन्छ।

तर, नेकपा निकट युवा संघ नेपाल कैलालीका संयोजक राजु बम भने झडप नभएर विवाद भएको बताउछन्। डिसी नेपालसँगको संक्षिप्त कुराकानीमा संयोजक बमले भने, ‘यो झडप भनेर नबुझि दिनुहोस्। यो विवाद हो। हामी अध्ययन गर्दै छौं।’

भिडियोमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको राजनीतिलाई अस्थिरता ल्याउने काम गर्नु भएको भन्ने भाव वक्ताले बोल्दै गर्दा समूहबाट केही युवाहरुले नाम नै तोकेर विरोध गर्न नपाइने भन्दै कार्यक्रम अवरोध गरेको देखिन्छ।

यो विषयमा संयोजक बमले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्री ओलीको पक्षमा पार्टीका मान्छे गएका हैनन्, जनता स्वस्फूर्तरुपमा गएका थिए। उनीहरुले आफ्नो आवाज बोलिरहेका छन्। तर, जनताको आवाज रोक्ने काम जो कसैबाट भए पनि त्यो गलत हो। हाम्रै संगठनका साथीहरु भए पनि वा अरु कुनै राजनीतिक दल तथा विचारबाट भए पनि त्यो गलत हो। हामी त्यसको बारेमा छलफल गर्दै छौं।’

 

हेर्नुहाेस भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *