सहकारी क्षेत्रको २५ वर्षे रणनीति बन्ने

डिसी नेपाल
२४ असार २०७७ २०:२३

काठमाडौं । अर्थतन्त्रको एक खम्बामानिएको सहकारी क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउनका लागि २५ वर्षे रणनीति बन्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रलाई योजनावद्ध रुपमा अघि बढाउनका लागि रणनीति जारी गर्न लागेको हो ।

बोर्डले रणनीतिक योजनाको प्रारम्भिक मस्यौदा तयारी गरी सरोकारवालासँग छलफल शुरु गरेको छ । सरोकारवाला र विज्ञको सुझावसमेत समेटेर रणनीतिलाई अन्तिम रुप दिइ सरकारलाई बुझाउने बोर्डको तयारी छ ।

बुधबार रणनीतिबारे सरोकारवालासँगभएको छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउन लागिएको बताइन्। सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै मन्त्री अर्यालले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्ने उल्लेख गरिन् ।

सहकारीलाई व्यवसायिकतामा लैजानुपर्ने, उत्पादनसँग जोड्नुपर्ने र सुशासन कायमगर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको भन्दै मन्त्रीअर्यालले सहकारी नीतिको मस्यौदामाथि धेरै छलफल र अध्ययन गरेर सुझाव दिन आग्रह गरिन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बचत तथा ऋण सहकारीलाई बढी नियमन गर्न आवश्यक रहेको औंल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *