यो साता चम्किने छ यी ९ राशिको भाग्य, तपाईको राशि कुन ?

डिसी नेपाल
२७ असार २०७७ ११:४३

असार २७ देखि साउन २ गतेसम्मको साप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान सम्मान बढ्नेछ। साथीभाईको साथ र सहयोग मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनोरन्जनात्मक कार्यमा सहभागी भइने छ। आकस्मिक धनलाभको सम्भावना रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकपछि अर्को अवसरले पछ्याउनेछ। विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखी रोकिएका काम पुनः सुरु हुनेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पढाई लेखाईमा सफल भइने छ। पारिवारिक वातावरण उल्लाशमय बित्नेछ। मध्य सातामा प्रेममा मनमुटाव रहला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिस्पर्धाहरूमा उर्तिण हुन सकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यमा सोचेको भन्दा अधिक सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक वातावरण सुखद रहनेछ। वित्तीय लाभ प्राप्त हुनेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। मानसिक अस्थिरता बस्नेछ। स्वास्थ्य सामान्य रहला।

भिडियोमा हेर्नुहोस् पूरा राशिफल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *