३३ किलो सुन तस्करीमा संलग्न खड्कालाई डेढ वर्षपछि नेपाल ल्याइयो

डिसी नेपाल
२७ असार २०७७ १६:४६

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका हरिशरण खड्कालाई काठमाडौं ल्याइएको छ । डेढ वर्ष अघि यूएई प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाउने क्रममा शनिबार काठमाडौं ल्याइएको हो । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार आवश्यक कागजात मिलाउँदा खड्कालाई काठमाडौं ल्याउन समय लागेको हो ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । साढे ३३ किलो सुन तस्करीमा जोडिएका फरार अभियुक्त खड्का संयुक्त अरब इमरेट्सको दुबईमा पक्राउ परेका छन् । खड्का सनम शाक्य हत्यासँगै केन्द्रीय अनुसन्धान व्युरोले समातेको ३३ किलो सुन प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् ।

उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । उनी झण्डै १४ वर्षअघि कामदारका रुपमा दुबई पसेका थिए । दुबईबाटै उनले सुन तस्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रुपमा उदाएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का यूएईमै बस्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *