पेट्रोलियम पदार्थको मूल्य वृद्वि खारेज गर्न माग राख्दै नेविसंघको प्रदर्शन (फोटो फिचर)

डिसी नेपाल
२८ असार २०७७ १४:३७

काठमाडौं । नेपाल आयाल निगमले शुक्रबार रातीदेखी लागुहुने गरि पेट्रोलियम पदार्थमा बढाएको मूल्यको विरोधमा नेविसंघ पदर्शन गरेको छ । आईतबार काठमाडौंको बबरमहल स्थित नेपाल आयल निगमको कार्यालय अगाडी टाउकोमा कालो पट्टि बाधेर नेविसंघले प्रदर्शन गरेको हो ।

दश दिनमा दुई पटक पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा पदाधिकारीलगायतले मूल्यवृद्धि खारेज गर्न माग राख्दै बबरमहलस्थित सडकमा प्रदर्शन गरेका हुन ।

निगमले असार २६ गते सूचना निकालेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। अहिले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *