नयाँ पुस्तालाई लक्षित गर्दै नविलले ल्यायो ‘डिजी बैंकिङ’
काठमाडौं। नविल बैंकले आफ्नो ३६ औं वार्षिकउत्सवका अवसरमा ‘डिजी बैंकिङ’ कार्यक्रम सुरु गरेको छ। नयाँ पुस्तालाई बैंकिङ कारोबारमा आकर्षित गर्ने उद्देश्य सहित बैंकले नयाँ भेन्चर कार्यक्रम सुरु गरेको जनाएको छ।
आईतबार भर्चुअल पत्रकार सम्मेलन गरी बैंकले यस कार्यक्रमबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने बताए– ‘बैंकिङको भविश्य डिजिटल हो त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’
नविल बैंकले डिजी बैकिङलाई अगाडि बढाउनका लागि केही दिन अघि नै हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ। बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको दावी गरेको छ। डिजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ।
डिजी बैकिङमा कार्ड मात्र नभएर, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँछ,’ सिइओ शाहले भने, ग्राहकले घरमा नै बसेर आफ्नै मोवाइलबाट सम्पुर्ण काम गर्नेगरी सेवा दिने बताए।
पत्रकार सम्मेलनमा डिजि बैंकिङका प्रमूख बिनय रेग्मीले बैंकको पहुँच बाहिर रहेका नेपालीहरुलाई समेट्न डिजी बैंकिङ सहयोगी हुने जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment