काठमाडौंका सडकमा सार्वजनिक यातायत सञ्चालन (फोटोफिचर)

डिसी नेपाल
२९ असार २०७७ १४:४१

काठमाडौं । यातायात व्यवासायी राष्ट्रिय महासंघको निर्णय उल्लंघन गर्दै काठमाडौंका सडकमा सार्वजनिक यातायत सञ्चालन हुन थालेका छन् । सोमबार मयुर यातायत, संयुक्त यातायातलगायतका सार्वजनिक यातायातहरु सञ्चालन भएका हुन् । यसअघि यातायात व्यावसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँदै आएका थिए । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर व्यवसायीले सरकारले आफूहरुसँग सल्लाह नै नगरी यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भन्दै यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । तर सोमबार देखी सार्वजनिक यातायात सञ्चालन हुन लागेका छन् । व्यावासीले सुरक्षा मापदण्ड अपनाएर सवारी साधन सञ्चालन गरेको बताए पनि पूर्ण रुपमा सावधानी अपनाईएको छैन ।

केहि यातायातमा चढने बेला स्यानिटाईजरको ब्यवस्था गरिए पनि यात्रुहरुले सिटमा बस्दा समाजिक दुरी पालना गरिएको देखिएन भने केहि यातायातमा स्यानिटाईजरको व्यवस्था पनि गरिएको छैन । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना बस्ने भनिए पनि नियम लागु भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *