लकडाउनमा ११९ मानव अधिकार उल्लङ्घनका घटना

डिसी नेपाल
३० असार २०७७ १८:१८

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट१२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ ।

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राज्यको दायित्व हुने भएपनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *