रसुवामा बाढीपछि उद्धार तीव्र, १५ हेलिकप्टर परिचालन

डिसी नेपाल
१० भदौ २०८३ १९:१९

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन हेलिकप्टरमार्फत प्रभावितहरूको खोज तथा उद्धार भइरहेको जनाइएको छ ।

उद्धार गरिएका घाइतेहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यसैबीच, विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको सेट सहित आवश्यक मेडिकल सामग्री, औषधि तथा स्वास्थ्य उपकरणहरू समेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउँदै आवश्यकताअनुसार स्वास्थ्य उपचार र अन्य मानवीय सहायता उपलब्ध गराउने कार्य भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *