जातीय विभेदबाट संगठित योजनामा सामूहिक हत्या (प्रतिवेदनसहित)

डिसी नेपाल
३० असार २०७७ १८:२१

काठमाडौं। गएको जेठ १० गते ६ जना युवाहरुको ज्यान जाने गरी भएको हत्या प्रकरण जातीय विभेदका कारण भएको संसदीय समितिले निश्कर्ष निकालेको छ। संसदीय समितिका एकजना सदस्य सांसद प्रकाश स्नेही (रसाईली)ले भने, ‘प्रेम सम्बन्ध शुरु हुँदै जातीय विभेदबाट संगठित योजनावद्ध सामूहिक हत्या भएको समितिको निश्कर्ष छ।’

समितिले मंगलबार सभामुख अग्नि सापकोटालाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक सांसद देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा ‘प्रेम सम्बन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरुले केटा कथित तल्लो जातको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको पाइयो’ भन्ने निश्कर्ष निकालिएको छ।

छुवाछुतकै कारणले नवराज विक र सुष्मा मल्लहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिएको र उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति, गाउँका अगुवा व्यक्ति तथा आफन्तहरूले संयमित नहुँदा जघन्य अपराध भएको प्रतिवेदनमा जनाइएको छ। समितिले सो घटनामा सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। घटना भएको जानकारी पाए पनि प्रहरीले आफ्नो कर्तव्य पूरा नगरेको समितिको ठहर छ।

गएको जेठ १० गते भएको घटनामा ६ जना युवाको हत्या भएको थियो। जेठ २६ गते ९ सदस्यीय संसदीय समिति गठन गरेको थियो।

प्रतिवेदन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *