पोलिमर नोट छपाई प्रकरणः तत्कालिन गर्भनरसहित ३ जनालाई सफाइ
काठमाडौं। पोलिमर नोट छपाईमा अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा खेपिरहेका राष्ट्र बैंकका पूर्व गभर्नर डा. तीलक रावलसहित तीनजनाले सफाइ पाएका छन्।
विशेष अदालतले सोमबार तत्कालिन गभर्नर रावल, तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना विरुद्ध २०७५ पुसमा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलाशले मंगलबार तीनै जनालाई सफाइ दिने फैसला गरेको छ।
बैङ्कले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment