जन्म मिति सच्याएर प्रहरी बनेका डीएसपी सिंहविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं। प्रहरी सेवामा प्रवेश गर्दा जन्म मिति सच्याएको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुृर सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिंहले प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जम्म मिति सच्याएको अख्तियारले दावी गरेको छ।
प्रहरी निरीक्षक ओहदा प्राप्त गर्न जिल्ल प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाण–पत्रहरुमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरेको अख्तियारले अनुसन्धानबाट खुलेको दावी गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment