निजी विद्यालयद्वारा वैकल्पिक शिक्षण बन्दको घोषणा, शिक्षकलाई बेतलबी विदा

डिसी नेपाल
३१ असार २०७७ १८:१५

काठमाडौं। निजी विद्यालयहरुले साउन १ गतेबाट लागु हुने गरी वैकल्पिक शिक्षण सिकाईका सबै क्रियाकलाप बन्द गर्ने भएका छन्। बुधबार निजी विद्यालयहरुका दुईवटा संगठन प्याब्सन र एनप्याब्सनले सँयुक्त विज्ञप्ति जारी गर्दै वैकल्पिक शिक्षण सिकाईका गतिविधि साउन १ गतेबाट बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। यस्तै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बेतलबी विदा दिइएको बताएका छन्।

नि कोरोना भाईरस सक्रमणको जोखिमका कारण गत चैत ११ गते देखि जारी लकडाउनका कारण आफ्ना आर्थिक गतिविधि शून्य भएकोले उक्त विषयमा तत्काल निर्णय गर्न शिक्षा मन्त्रालयसँग दुवै संगठनले औपचारिक माग गर्दै आएका थिए। आफ्ना माग प्रति शिक्षा मन्त्रालयले वेवास्ता गरेकोले उक्त अप्रीय निर्णय गर्न वाध्य भएको ती दुई सँगठनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सनका अध्यक्ष टीकाराम पुरीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निजी विद्यालयमा कार्यरत करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिना देखि तलब उपलब्ध गराउन नसक्दा भोक–भोकै रहनु पर्ने अवस्था आएको स्मरण गराईएको छ।

‘मन्त्रालयमा भएको भद्र सहमतिको एक साता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढ्दै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिता बीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ, विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाख देखि असार सम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमश भुक्तानी गरिनेछ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *