मारवाडी समूदायले १ करोडलाई बाँढ्यो रोग प्रतिरोधात्मक होमियोपेथिक औषधी

डिसी नेपाल
३१ असार २०७७ २१:४५

काठमाडौं । मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी नेपालमा अहिलेसम्म एक करोड मानिसलाई निःशुल्क वितरण गरेको जनाएको छ। समूदायले आगामी दिनमा यो औषधी सबैमा पु¥याउने गरी तयारी गरिरहेको जनाएको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरुले उक्त औषधी भारतलगायत अन्य देशबाट ल्याउने गरिएको जनाए। साक्षात्कारमा नेपाल राष्ट्रिय मारवाडी परिषदको अध्यक्ष तथा मारवाडी सेवा समितिका पूर्व अध्यक्ष पवन मित्तलले मारवाडी सेवा समितिको ईतिहासको बारेमा प्रकाश पार्दै समितिले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी गराए।

विश्वभरि फैलिएको कोरोना महामारीको बेलामा कसरी सेवा गर्ने भनेर बसिरहेको अवस्थामा होमियोपेथिक चिकित्सकहरुको आग्रहअनुसार आफूहरुले यो औषधी वितरण गरिरहेको पनि मित्तलले स्पष्ट पारे । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले बनाएको प्रोटोकलमा यो औषधीको नामपनि परेको र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा उल्लेख गरेकोले आफूहरुले यो अभियान सुरु गरेको समूहको दाबी रहेको छ।

अध्यक्ष मित्तलले भन, ‘मारवाडी सेवा समितिमार्फत खर्च व्यहोर्ने काम भैरहेको छ । अहिलेसम्म सबैबाट धेरै राम्रो प्रतिक्रिया आएका छन्। पूराना रोगहरुलाई समेत यो औषधीले फाईदा भएको भनेर प्रतिक्रिया आईरहेको छ।’उनकाअनुसार अहिलेसम्म देशभरि ७७ वटै जिल्लामा यो औषधी पुगिसकेको छ ।

त्यस्तै, कार्यक्रममा मारवाडी सेवा समितिका महासचिव महादिर घिरैयाले देशभरि रहेका ३८ वटा मारवाडी सेवा समितिमार्फत औषधी वितरण कार्य भैरहेको जनाए । त्यसमा स्थानीय तहहरु र सामाजिक संघ÷संस्थाहरुले सहयोग गरिरहेको उनले जनाए ।

कार्यक्रममा मारवाडी सेवा समितिका पूर्व महासचिव तथा मारवाडी परिषदका उपाध्यक्ष कैलाशचन्द्र गोयलले संक्रमण देखिएपछि नेपाल वायु सेवा निगमका चालकहरुले पनि उक्त औषधी खाएको स्पष्ट पारे ।

यसको अलावा सुरक्षा निकायले पनि औषधी लगेका छन् । उनले भने,“सुरक्षा निकायले पत्राचार नै गरेका थिए । उहाँहरुले पनि औषधी लग्नुभएको छ । कोभिड–१९ को युद्धको अग्रमोर्चामा खटिने कर्मचारीहरु खासगरी अस्पतालका कर्मचारी, सफाई कर्मचारीहरुले पनि यो औषधी खाएका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *