आफ्नै गाउँकी १९ वर्षकी युवतीलाई बाख्रा खोरमा लगेर बलात्कार गर्न खोज्ने पक्राउ
नुवाकोट। आफ्नै गाउँकी १९ वर्षीय एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनले आफ्नै गाउँकी १९ वर्षीय युवतीलाई बाख्रा गोठमा लगि जबरजस्ती करणी गर्न खाजेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिष्टलाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा प्रहरीले समातेको थियो । पीडित महिलालाले प्रहरीमा जबरजस्ती करणी उद्योग शीर्षकमा किटानी जाहेरी दिएकोले बुधवार नै जिल्ला अदालत नुवाकोटबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment