तादी खोलामा बेपत्ता भएका एक पुरुष एकसातापछि मृत भेटिए

डिसी नेपाल
१ साउन २०७७ १३:५३

नुवाकोट। तादी खोलामा बेपत्ता भएका एक पुरुष एकसातापछि मृत अबस्थामा फेला परेका छन् । विदुर नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय राजेन्द्र कुमाललाई यहि असार २५ गते बिहीबार धान रोपी फर्कने क्रममा तादी खोलाले बगाएर बेपत्ता पारेको थियो ।

खोलाले बगाएर वेपत्ता भएका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी गर्दा बुधवार तारकेश्वर गाउँपालिका वडा वडा नम्बर २ स्थित त्रिशुली नदीको ठूलो टापुमा भेटिएको थियो । उनको शव परिक्षणको लागि त्रिशुली अस्पताल नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *