साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने सरकारको तयारी
काठमाडौं। सरकारले चैत्र ९ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान भदौ १ गते देखि सुचारु गर्ने तयारी गरेको छ। संस्कृति प्रर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका हुन्।
यसैगरी मन्त्री भट्टराईले साउन २१ गते देखि आन्तरिक हवाइ उडान सुचारु गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका छन्। यो विषयमा थप छलफल पछि निर्णय लिइने मन्त्रिपरिषद स्रोतले जनाएको छ। सरकारले मुलुकमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।
यसैगरी सरकारले चैत ११ गतेदेखि आन्तरिक हवाइ उडानसमेत बन्द गरेको थियो। सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवासायिक उडान सरकारले बन्द गरेको थियो।
नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए। संसारका २ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले विदेशबाट नेपालसँगको सम्पर्क विच्छेद गरेकाे थियाे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment