२४ घण्टामा १५६ जनामा कोरोना संक्रमण, ५८ डिस्चार्ज

डिसी नेपाल
४ साउन २०७७ १६:२९

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्। २४ घण्टामा ३ हजार ७ सय ४१ को पीसीआर परीक्षण गर्दा थप १५६ जनामा कोरोना पुष्टि भएका हो।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको छ। जसमध्ये ११ हजार ६ सय ९५ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ५८ जना निको भएर घर फर्किएका छन्। हालसम्म ५ हजार ९ सय २३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *