सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छैन : व्यवसायी

डिसी नेपाल
४ साउन २०७७ १७:३०

काठमाडौं। सरकारले गएको असाढ २६ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरे पनि सडकमा गाडी निकाल्न अस्वीकार गरिरहेका यातायात व्यवसायीहरुले तत्काल यातायात सुचारु नगर्ने बताएका छन्।

यातायात राष्ट्रिय महासंघका महासचिब तथा प्रवक्ता सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालनबारे कुनै निर्णय नभएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘केही भ्रमपूर्ण खवरहरु आए, त्यसमा कुनै सत्यता छैन। भोली (सोमबार) यातायात विभागले छलफलका लागि बोलाएको छ। त्यसपछिमात्र के गर्ने भन्ने निर्णय हुन्छ।’

सोमबारदेखि सार्वजनिक यातायात शुरु हुने हल्ला चलेको थियो। तर, सिटौलाले भने त्यसको खण्डन गरे। उनले कार्यविधि निर्माणको क्रममा रहेको र विभागसँग सोही कार्यविधिबारे छलफल हुने बताए। कार्यविधिबने पनि आफूले यातायात शुरु गर्ने उनको भनाई छ।

सिटौलाले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा यातायात मजदुर र यात्रीको स्वास्थ्य हो। यो विषयमा कार्यविधिमा केही व्यवस्था हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *