कर नलगाउने हो भने पेट्रोल ४३ रुपैयाँ प्रतिलिटर बेच्न सकिन्छ : निगम
काठमाडौं। सरकारले विभिन्न कर नलागने हो भने पेट्रोल प्रतिलिटर ४२–४३ रुपैयाँमा बेच्न सकिने नेपाल आयोल निगमले जनाएको छ। निगमका कार्यकारी नर्देशक सुरेन्दकुमार पौडेलले आइतबार नेपाली काँग्रेस (वीपी) निकटको विद्यार्थी संगठन नेविसंघ (वीपी)को ज्ञापन पत्र बुझ्नेक्रममा यस्तो बताएका हुन्।
आयाल निगमले १० दिनको फरकमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि त्यसको विरोध गर्दै नेविसंघ (वीपी)ले आइतबार निगममा ज्ञापन पत्र बुझाएको छ।
संघले सरकारले इन्धनमा विभिन्न कोषका लागि भन्दै पैसा उठाएर महंगोमा इन्धन बेचेपछि कुन कोषमा कति रकम छ भन्ने सार्वजनिक नगरेकोमा आपत्ति जनाएको छ। संघले यसरी कोषमा जम्मा गरिएको रकमबारे ७ दिन भित्र जानकारी दिनसमेत माग गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment