लकडाउनले नछेकेको आस्था : साउनको पहिलो सोमबार पशुपतिमा चहलपहल (फोटो फिचर)

डिसी नेपाल
५ साउन २०७७ ९:००

काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको चहलपहल देखिएको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको चहलपहल बढेको हो ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको महिना शिव भगवानको प्रिय महिना पनि हो। नेपालमा कोरोनाको संक्रमण देखिएपछि गत चैत्र ११ गतेदेखि बन्द भएका पशुपतिनाथका ढोकाहरु भक्तजनहरुका लागि अझै खुलेका छैनन्। ढोका नखुले पनि भक्तजनको आस्था छेकिएको छैन र भक्तजनले बाहिरैबाट पुजा आराधना गरेका छन् ।

यस वर्ष साउनमा चार सोमबार परेका छन् । चारवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *