क्रिकेट मुख्य प्रशिक्षकको पदपूर्ति गर्न विज्ञापन गर्दै क्यान

डिसी नेपाल
५ साउन २०७७ २३:१०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने भएको छ।

सोमबार बसेको क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि आईसीसीसँग समन्वय गरी एक हप्ता भित्र विज्ञापन गर्ने निर्णय गरेको छ।
कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने जनाएको छ ।

क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ ।

कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन कमिटीले केन्द्रीय कमिटिका सदस्य जयन्ती भट्टको सयोजकत्वमा ुमहिला क्रिकेट विकास समितिु गठन गर्ने निर्णय गरेको छ ।

यस्तै फिजियो बिक्रम न्यौपानेलाई नेपाली टिमको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मुलपानी क्रिकेट मैदानलाई आवश्यक ७ जना मैदान कर्मचारी थप गर्दै कमिटीले पोखरा, भैरहवा र विरगंजका लागि एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै आगामी भदौ १५ भित्रमा क्यानको वार्षिक साधारणसभा सक्ने बैठकले निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *