चाबहिलमा सडकको दुर्दशा, नागरिकलाई सास्ती [फोटो फिचर]

डिसी नेपाल
६ साउन २०७७ १३:१७

काठमाडौं। हिउँदमा धुलाम्य हुने र बर्खामा हिलाम्य हुने चाबहिल सडकको अवस्था यस वर्ष पनि उस्तै छ । केही दिनदेखिको अविरल वर्षाका कारण अहिले मित्रपार्कबाट चुच्चेपाटीसम्मको सडक हिलाम्य भएको छ ।

सडकमा ठूला–ठूला खाल्डा परेका छन् । ती खाल्डामा पानी भरिएर ताल जस्तै भएका छन् । हिलोमा मानिसहरुलाई आवत जावत गर्न निकै सास्ती भएको छ । चाबहिलमै बस्दै आएका गणेश खड्का चाबहिलको बाटोले सधैँ सास्ती भोग्दै आएको बताउँछन् । उनी भन्छन्, ‘म चाबहिलमा बसेको ५ वर्ष भयो, यो अवधिमा यो बाटोमा कि हिलो भयो कि धुलो ।’ उनी अगाडि थप्छन्, ‘बिहान लगाएको लुगा केही बेरमै फोहोर हुन्छ ।’

सडक हिलाम्य भएपछि यात्रुहरुलाई गाडी चढ्नसमेत समस्या छ । यात्रु ओराल्ने र चढाउने ठाउँ नै हिलाम्य भएपछि यात्रुहरुलाई समस्या भएको चाबहिलमा बस्दै आउका यात्रु आशिष पराजुली बताउँछन् । डिसीनेपालकर्मी कमल साउदको लेन्सबाट हेर्नुहोस् सडकको दुर्दशा:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *