२४ घण्टामा १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

डिसी नेपाल
६ साउन २०७७ १६:२६
4
Shares

काठमाडौं । नेपालमा मंगलबार १५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। ३ हजार ९ सय ६३ जनाकाे पीसीअार परीक्षाण गर्दा १५० जनामा काेराेना पुष्टि भएकाे हाे।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १७९९४ पुगेको छ। जसमध्ये १२ हजार ४७७ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६ सय ९ जना निको भएर घर फर्किएका छन्। नेपालमा निको हुनेको दर ६९.३४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *