खेलाडीले भदौ १ बाट प्रशिक्षण लिन पाउने

डिसी नेपाल
६ साउन २०७७ २०:२१

काठमाडौं। कोरोना भाईरसको बन्द रहेको खेलाडीको अभ्यास आगामी भदौ १ गतेबाट शुरु गर्न पाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन गर्न सकिने निर्णय गरेपछि खेलाडी मैदानमा आउन पाउने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए।

तर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भन्दा अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ।

सरकारले कोरोना संक्रमणको जोखिमलाई रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसयता सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको थियो ।

सरकारले मगलबार रातिबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *