त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे पेरिमिटरमा जोडियो बत्ति

डिसी नेपाल
६ साउन २०७७ २२:३६
4
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटरमा नयाँ बत्तिहरु जोडिएको छ। विमानस्थलको परिधिमा अँध्यारोले समस्या भएपछि बत्ति जोडिएको हो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा राती पनि काम गर्नुपर्ने भएकाले उज्यालो बनाउन बत्ति जोडिएको बताए।

उनले डिसी नेपालसँग भने, ‘यो नियमित काम नै हो। रातीमा हिँडडुल गर्नुपर्ने हुन्छ। गाडीहरु पनि चल्नुपर्ने हुन्छ। त्यसैले नयाँ पोलहरु गाडेर लाइटिंग इन्सटल गरेका छौं।’ उनका अनुसार विमानस्थलमो अन्तर्राष्ट्रिय एप्रोन र आन्तरिक अप्रोनमा बत्ति जडान गरिएको छ।

उनले विमानस्थलमा हेलिकाप्टर र विमानको ह्यांगर पनि फरक फरक बनाइएको जानकारी दिए। पहिला हेलिकोप्टर र विमान एकै स्थानमा पार्किंग हुँदै आएका थिए। बत्ति जडानपछि विमानस्थल उज्यालो भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *