अमेरिकी यूद्ध क्षेत्रमा नेपाली सूरक्षा गार्ड, अधिकांश कोरोना संक्रमित

डिसी नेपाल
७ साउन २०७७ १९:२८

काठमाडौं । अफ्गानिस्तानमा अमेकिी दूतावासको सूरक्षा गर्ने अधिकांश नेपाली कोरोना संक्रमित भएको पाइएको छ। समाचार संस्था एपीले काबुलमा रहेको अमेरिकी दूतावासको भित्र कोरोना प्रकोपका सुचना दिएको डिप्लोम्याटले लेखेको छ। एपीले अञ्जान स्रोतलाई हवाला दिँदै उक्त दूतावासका २० जनामा कोरोना संक्रमण देखिएको र अधिंकास नेपाली गोर्खा रहेको बताएको छ।

ती नेपालीहरु दूतावासको सूरक्षा गार्ड भएको बताइएको छ। यो भन्दा बढी उनीहरुको बारेमा केही पनि खुलाइएको छैन्। काबुलमा अमेरिकी दूतावासको सूरक्षा टिममा ठूलो मात्रामा नेपालीहरु रहेका पाइएको छ। अमेरिका अफ्गानिस्तानमा प्रवासी श्रमीकहरुमा कुन हदसम्म निर्भर रहेको छ भन्ने कुराबाट अज्ञान अमेरिकीहरुलाई यो सूचनाले आश्चर्यमा पारेको छ।

उक्त दूतावासमा कार्यरत नेपाली र अन्य देशका कर्मचारीहरुले समान भूमिका निभाउने गर्छन्। यो रिपोर्टबाट अहिले चलिरहेको महामारीबाट अधिकांश श्रमिकहरु असुरक्षित रहेको पाइएको छ। यस्तै विश्वका ठूलादेशहरुबीच बढेको तनावले सानादेशहरुमा प्रतिकुल प्रभाव पारिहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *